प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा शीर्ष तहका केही नेताहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गर्न सुझाव दिएका छन्।
यसअघि पोलिटब्युरो बैठकबाट प्राप्त विभिन्न सुझावहरुलाई समेटी अध्यक्ष प्रचण्डले थप छलफलका लागि आफ्नो राजनीतिक प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेका थिए। : BBC NEWS